इन्जिनियर र सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ– भ्रष्टाचार गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र सबइन्जिनियर नवीनकुमार विसीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा दैलेखको गुराँस गाउँपालिकाको निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिनाआरोपमा उजुरी परेको र गाउँपालिकाका तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सबइन्जिनियर नवीनकुमार विसीले आपसी मिलेमतो गरी बदनियतपूर्वक रकम हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसुर गरेको देखिँदा निजहरूउपर मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको उल्लेख छ ।