Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत  पुल्चोक क्याम्पसका ५ संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

यस कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

एनसेलको मुख्य कार्यालय लैनचौरमा आयोजित कार्यक्रममा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको थियो । 

यस वर्षका लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ । 

२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको एनसेलले जनाएको छ ।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्