Nic Ad Nic Ad
Nic Ad Nic Ad

रियलमी–१० नेपाली बजारमा भित्रिदै

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी–१० को डिजाइन सार्वजनिक गरेको छ ।

जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ ।

यसमा ब्याट्रि ५००० एमएएचको जडान गरिएको छ । ६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीसहित आकर्षक देखिने डिजाइन सार्वजनिक गरेको हो ।

स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।

realme 21676900387.jpg

अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमा बित्ने गर्छ । स्मार्टफोन डिजाइन गर्दा रियलमीले फोन समाउँदा हुने अनुभवलाई अत्यन्तै प्राथमिकतामा राख्दै कम्पनीको भनाई छ ।

पछिल्लो समय रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्च–स्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध रहेको कम्पनीको भनाई छ ।

त्यस्तै, कम्पनिले ३.५ मिमिको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्राबुम स्पिकरले स्मार्टफोनलाई झनै आकर्षक बनाएको कम्पनीका दावि छ । साथै, प्रयोगकर्ताले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।

यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ  ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्