Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री दाहाल आज सोमबार पोखराबाट काठमाडौँ आएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुबै नेताबीच भेटवार्ता भएको हो । 

उनीहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । 

यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ ।

प्रधानमन्त्री दाहाल नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुगेका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्