Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्रका तीन प्रहरी नायव महानिरीक्षकले पाए दर्ज्यानी चिन्ह

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजित एक समारोहकाबीच ३ जना बरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हबाट शुसोभित हुनेमा बरिष्ठ अधिकृत सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदिय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।

APF darjyani31676905906.jpg

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सबै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए ।

उनले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताए । सशस्त्र प्रहरी बलमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको महानिरीक्षक अर्यालको भनाई छ ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्