Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिमा ओलीकाे माधव नेपाल 'कार्ड'

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले धोका दिएको खण्डमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको रूपमा अघि सार्ने रणनीतिमा नेकपा (एमाले) देखिएको छ । 

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई गोप्य रूपमा भेटरै राष्ट्रपतिको प्रस्ताव गरेका छन् ।

बालकोट निकट स्रोतका अनुसार ओलीले नेपाललाई एमालेमै फर्कनसमेत आग्रह गरेका थिए ।

सोमबार बसेको माओवादी केन्द्रको सचिवालयको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिकोे उम्मेदवार छान्ने जिम्मा दिएको छ ।

पछिल्लो समय प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नजिकिएका छन् । कांग्रेसले पनि आफूले राष्ट्रपति पाउनुपर्ने भन्दै चर्को स्वर गरिरहेको छ ।

यस्तोमा सरकार सञ्चालनको संयोजकसमेत रहेका ओली झस्किएका छन् । सत्ता गठबन्धन टुट्न सक्ने आकलन गर्दै उनी एकीकृत समाजवादीसँग संवादमा जुटेका हुन् ।

अर्कातिर, अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सार्ने विषय एकीकृत समाजवादीभित्र भने प्रवेश नै नगरेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्