राष्ट्रपतिको उम्मेदवार दल भन्दा बाहिर हुनुपर्छ : नेता कोइराला
सिन्धुली –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताएका छन् ।
सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रपतिको उम्मेदवार दल भन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई कांग्रेसले अघि सार्नुपर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १०:५५
प्रतिक्रिया दिनुहोस्