Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजनीतिलाई उद्योग र विकाससँग जोड्नुपर्छ : उद्योगपति चौधरी   

मंगलबार, फागुन ९, २०७९

पाल्पा– उद्योगपति विनोद चौधरीले राजनीतिलाई उद्योग र उद्योगलाई विकाससँग जोडेर काम गर्ने बताएका छन् । 

पाल्पाको रामपुरमा चलेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को सोमबार समापन सत्रका अवसरमा बोल्दै चौधरीले रामपुर क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बोकेको बताए ।

रामपुर उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेलामा संघीय सांसद तथा उद्योग वाणिज्य महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेका चौधरीले नेपालको राजनीति युवा केन्द्रित र विकास केन्द्रित हुनुपर्ने बताए ।

रामपुलेर बृहत् नेपालसँग जोड्न सक्ने सम्भावना रहेकाले यहाँ उद्योग, व्यावसाय सञ्चालन गरेर आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउँदै उद्योगपति चौधरीले नेपालको पौरखलाई विश्वभर पु¥याउने प्रयास गरेर आफू सफल भएको बताए ।

‘सम्भावनालाई खोजेर काम गरियो भने सयौँ विनोद चौधरी जन्मनेछन्, एकले अकोलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन,’ उनले भने । चौधरीले विकासले दृष्टिकोणको ढोका खोलिनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी उपत्यका विकासको कार्यका लागि प्रतिबद्ध भएर सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारमार्फत पहल गर्ने बताए ।

महोत्सवले व्यवसायलाई चलायमान बनाउन र रामपुरलाई चिनाउन थप सफल भएको उल्लेख गरे ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरले घरेलु तथा साना उद्योग स्थापना तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्दै आएको बताए । उनले नगरपालिकाले चालेको अभियानमा साथ दिन आग्रह पनि गरे । 

कला र संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामपुरसँगै कालीगण्डकी उपत्यकाको विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले कालीगण्डकी करिडोर निर्माणसँगै गण्डकी बेँसी क्षेत्रको विकासको ढोका खुलेको बताए ।

उनले रहेका उत्पादनलाई वृद्धि गर्दै निर्यातलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित हुनुपर्ने समय आएको उल्लेख गरे ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेला सफलतापूर्वक सम्पन्न भएको बताए ।

संघको भवन निर्माण, कालीगण्डकी उपत्यकाको पर्यटन विकास, कृषि उपजको प्रवद्र्धन बजारीकरणका लागि मेला आयोजना गरिएको हो । गत माघ २७ गतेदेखि सुरु भएको थियो ।

अध्यक्ष ढकालको अध्यक्षतामा भएको समापन समारोहमा संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद दिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव खिमबहादुर क्षेत्री ९पुरुषोत्तम०ले गरेका थिए । 

मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थल दर्शकले भरिभराउ थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्