नेभिगेशन
समाज विविध

टेलिभिजनका दर्शकलाई अलाकार्ट प्रणाली लागू हुँदै

काठमाडौं -सरकारले टेलिभिजन दर्शकलाई सहुलियत दिने नीति ल्याउने भएको छ । 

सूचना तथा सञ्चार मन्त्रालयले विदेशी च्यानलको हकमा पैसा तिरेर च्यानलको सुविधा लिने प्रणाली (अलाकार्ट) प्रणाली लागू गर्न लागेको हो । 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार पे एण्ड सर्भिस प्रणाली लागू गर्न लागिएको जानकारी दिए । 

अलाकार्ट प्रणाली लागू भएपछि विदेशी शुल्क लिएर आउने च्यानल हेर्न चाहेमा पैसा तिर्नुपर्छ नचाहेमा पर्दैन । मन्त्रालयले अलाकार्ट प्रणाली लागू गर्न अहिले सरोकारवालासँग छलफल गरिरहेको छ । 

एक महिनाभित्र यो प्रणाली लागू गर्ने तयारी मन्त्रालयको छ । विदेशका धेरैजसो देशमा यो प्रणाली लागू भइसकेको छ ।

डिटिएच सेवा प्रदायक डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्य डिजिटलमा गएपछि ग्राहकलाई कुन च्यानल हेर्ने वा नहेर्ने अधिकार दिनुपर्ने हुँदा अलाकार्ट प्रविधि चाहिने बताउँछन् ।

अहिले ग्राहकले आफूलाई आवश्यक नभएको च्यानल हेर्दा समेत रकम तिनुपर्ने बाध्यता छ । यो व्यवस्था लागू भएपछि आवश्यकता नभएको च्यानल हेर्नको लागि रकम तिर्नु पर्दैन । 

पैसा तिरेर आफुलाई मन लागेको च्यानल हेर्दा हुने सुविधा ग्राहकलाई प्राप्त हुन्छ । टेलिभिजन सेवा प्रदायक कम्पनी तथा डिटिएच सेवा प्रदायकले यो प्रणाली लागू गर्न सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध