Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूध उत्पादक किसानलाई अनुदान

मंगलबार, फागुन ९, २०७९

बर्दघाट (सुस्तापूर्व) –नवलपरासीको हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो ।

samridhi jewllers

अनुदान रकम साना किसानसम्म पु¥याउन एस आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भनिन्, ‘किसानलाई प्रोत्साहान गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने अध्यक्ष पाण्डेको भनाइ छ । गत आव २०७८÷७९ मा २ सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको छ । गत वर्ष किसानले २ लाख ५४ हजार २३५ प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए ।

‘गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले ३० हजार २६ लिटर दूधको जम्मा १ लाख ५० हजार १३० र साना किसान कृषि सहकारी संस्थाले २० हजार ८२१ लिटर दूधको १ लाख ४ हजार १०५ रुपैयाँ अनुदान लगेका छन्’,उनले भने । 

यस वर्ष गत वर्षको भन्दा धेरै दूध उत्पादन हुने र अनुदान पाउने किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको अध्यक्ष पाण्डेको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्