Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले गठबन्धन टुटाउँदैन : एमाले सचिव योगेश भट्टराई

मंगलबार, फागुन ९, २०७९

सुर्खेत –एमाले सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले नलागेको स्पष्ट पारेका छन् । सचिव भट्टराईले वर्तमान गठबन्धन टुटाउन एमालेको चाहना नरहेको बताए ।

प्रेस चौतारी दैलेखले मंगलबार गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले भने, ‘हाम्रो कारण गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन् । तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ ।’ ‘उहाँले (प्रचण्ड) यो गठबन्धन टुटाउनु भयो भने चरम अवसरवादी हुनुहुनेछ,’उनले टिप्पणी गरे । 

अस्थिर राजनीतिले कसैलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुने दाबी गरे ।

यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने बताए ।


 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्