‘नांगो गाउँ’मा साम्राज्ञी र कर्मा पहिलो पटक जम्दै
काठमाडौँ –निर्देशक दीपेन्द्र लामाको निर्देशनले निर्माण गर्ने चलचित्र ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्माको प्रवेश भएको छ । निर्माण पक्षले साम्राज्ञी र कर्मासँग सम्झौता गरेको हो ।
साम्राज्ञी र कर्माले पहिलो पटक सँगै काम गर्न लागेका हुन् । यो चलचित्रमा दयाहाङ राई र नायिका मिरुना मगर यसअघि नै फाइनल भइसकेका छन् । निर्माण पक्षले कलाकारको लाइनअप पूरा भएको जनाएको छ ।
आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङलगायत कलाकार पनि अनुबन्ध भइसकेका छन् । चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । चलचित्र काभ्रेमा खिचिनेछ । ‘नांगो गाउँ’मा हिमाल शर्माको लगानी छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १२:४३
प्रतिक्रिया दिनुहोस्