Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ –महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी भएको छ । साझेदारी पत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् ।

समझदारीअन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने छ । यस्तै, एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराइने साझेदारीमा उल्लेख छ ।\

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित  उत्पादनहरू रहने छन् । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्