Nic Ad Nic Ad
Nic Ad Nic Ad

कस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य ?

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– खाना पकाउने ग्यास चुहावटपछि लागेको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

उनी उपचाररत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरले आज बिहान १०.१५ बजे दिएको अपडेटअनुसार उनी दोहोरो संवाद गर्नसक्ने भएका छन् ।

नेता भण्डारी दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद गर्ने भएको अस्पतालमै रहेका उनका आफन्त माधव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले भण्डारीलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको छ । कल्चर रिपोर्ट आज आउँदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्