Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा रेलको ठक्करबाट २ जनाको मृत्यु, ३ घाइते

मंगलबार, फागुन ९, २०७९

लस एन्जलस– अमेरिकाकाे क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । 

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ ।

घाइते भएका ३ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत १२५  सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार