नेपालले तेस्रो विकेट गुमायो
काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालले सुरुवातीमै ३ विकेट गुमाएको छ ।
ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले १०.३ ओेभरमै ३ विकेट गुमाएको हो । ३४ रन बनाएको अवस्थामा नेपालले तेस्रो विकेट गुमाएको हो ।
यसअघि नेपालका ओपनरद्वय कुशल मल्ल १ र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए ।
स्कटल्यान्डले नेपालका २१३ रनको मध्यम लक्ष्य दिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १३:५२
प्रतिक्रिया दिनुहोस्