Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यसम्पादनमा सल्यानमा शारदा नगरपालिका उत्कृष्ट

मंगलबार, फागुन ९, २०७९

सल्यान –राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा शारदा नगरपालिका जिल्लामा उत्कृष्ट भएको छ । १० स्थानीय तहमध्ये शारदा नगरपालिकाले सबैभन्दा बढी अंक ६२.९२ प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो ।

शारदा नगरपालिका उत्कृष्ट हुँदा बागचौर नगरपालिका पुछारमा रहेको छ । बागचौरले सबैभन्दा कम ३९.०९ प्रशित अंक मात्र प्राप्त गर्न सफल भएको छ । बनगाड कुपिण्डे नगरपालिकापाले ४५.१, अंक ल्याएको छ ।

जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिका छन् । कालिमाटी गाउँपालिकाले ५१.८६, त्रिवेणीले ५१.०८ प्रतिशत, अंक ल्याएर क्रमश दोस्रो र तेस्रो भएका छन् । यस्तै दार्माले ५०.६७, कुमाखले ४९.०३, सिद्ध कुमाखले ४६.५३, छत्रेश्वरीले ४८.७८ र कपुरकोटले ४६.२२ प्रतिशत अंक पाएका छन् ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मद्देनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सोही अनुसार कर्णाली प्रदेशले भने २५.९ अङ्क प्राप्त गरेको हा । यसमा लेखापरीक्षण, बेरुजु फस्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्