रोहितको कप्तानी पारी, हार टार्न भने अझै संघर्ष आवश्यक
काठमाडौँ– नेपाली क्रिकेट टोलीका कप्तान रोहिन पौडेलले संकटको अवस्थामा अर्धशतक बनाएका छन् । लगातार विकेट गुमाएर संकटमा परेको नेपाली टोलीको तर्फबाट कप्तान पौडेलले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएको थियो । सोही अवस्थामा कप्तान पौडेलले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाए । उनको यो सातौं अर्धशतक हो ।
दबाबमा रहेको नेपाललाई खेद जित्न अब १४.४ ओभरमा ५३ रन आवश्यक छ । रोहितले अहिले ७३ बलमा ६६ रन बनाएर खेलिरहेका छन् । उनलाई करन केसीले ११ रन बनाएर साथ दिइरहेका छन् । यो समाचार तयार पार्दा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्