Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपमेयर डंगोल

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छिन् । 

मंगलबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको सातौँ वार्षिक साधारणसभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन् । उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन् । 

महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न उनले आग्रह गरिन् । 

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । 

व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु भएको उल्लेख गर्दै उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् । 

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेका ५ हजारभन्दा बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।

त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए । उनले  राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गरे । 

उनले ग्रिल तथा स्टिल व्यवसायीहरू आफैँले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको बताउनु भयो । 

नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीले अनुशासन पालना गर्न आवश्यक रहेको बताउँदै उनले अनुशासन नै विकासको मूल जड भएको पनि उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्