Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोहितको कप्तानी पारी, नेपालले फेरि हरायो स्कटल्यान्डलाई

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले संकटको अवस्थामा उत्कृष्ट खेल प्रदर्शन गरेपछि नेपालले स्कटल्यान्डलाई फेरि पराजित गरेको छ ।

आजको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।

आजको खेलमा कप्तान रोहित पौडेल नायक रहे । लगातार विकेट गुमाएर संकटमा परेको नेपाली टोलीको तर्फबाट कप्तान पौडेलले जारी आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध ९५ रन प्रहार गरेका हुन् ।

यस्तै, करन केसीले अभिजित ३१ रन बनाए । स्कटल्यान्डले दिएको ११३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको ब्याटिङ सुरुआत भने सुखद् रहेन । नेपालले १ रन बनाउँदा नै पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

यस्तै, १९ रन बनाउँदा दोस्रो विकेटको रूपमा आसिफ सेफ आउट भए । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिजमा धेरै बेर टिक्न सकेनन् ।

नेपालको स्कोर ३४ रन हुँदा मल्ल पनि आउट भए भने नेपालको कुल स्कोर ६० रन हुँदा अर्का भरपर्दा  ब्याट्सम्यान कुशल मल्ल पनि आउट भए । नेपालले ६१ रन बनाउँदा अर्का ब्याट्सम्यान सन्दीप जोरा पनि आउट भएपछि नेपाली टिम दबाबमा परेको थियो । 

यस्तै, नेपालको स्कोर १०३ रन हुँदा दीपेन्द्रसिंह ऐरी पनि आउट भए भने ११४ रन बनाउँदा सोमपाल कामी पनि पेभेलियन फर्के ।

आठौँ विकेटको रुपमा सन्दीप लामिछाने आउट हुँदा नेपालको स्कोर जम्मा १३८ रन मात्रै थियो ।

त्यसपछि करन केसीको उत्कृष्ट साथ पाएका रोहित पौडेलले खेललाई अघि बढाउँदै जितसम्म पुर्‍याएका हुन् । 

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । स्कटल्यान्डको टिम ४६.१ ओभरमा समेटिँदै २१२ रन मात्रै बनाएको थियो ।

स्कटल्यान्डका लागि जर्ज मन्सीले ५० बलमा ६० रन बनाएका थिए । बलिङतर्फ भने नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिदै ४ विकेट लिए ।

यस्तै बलर करन केसीले ८.१ ओभर बलिङ गर्दा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लको नाममा १-१ विकेट रह्यो ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्