मालीमा राष्ट्रसंघका ३ शान्ति सैनिकको मृत्यु
बामाको– मालीमा रहेको संयुक्त राष्ट्रसंघीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) मंगलबार मध्य मालीस्थित खानी विस्फोटमा परी तीनजना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ ।
मिनुस्मा फोर्सको काफिले फेब्रुअरी २१ मा एक इम्प्रोभाइज्ड विस्फोटक उपकरण (कारीगरी खानी)मा ठोक्किँदा सो दुर्घटना भएको हो । प्रारम्भिक रिपोर्टअनुसार सो विस्फोटमा तीन शान्ति सेनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते छन् । संयुक्त राष्ट्रसंघदमिशनले विज्ञप्ति जारी गर्दै सो घटनाको पुष्टि गरेको छ ।
पश्चिम अफ्रिकी देशमा सन् २०२२ अक्टोबर ३ यता १८ वटा विभिन्न किसिमका आक्रमणमा चार शान्ति सैनिकहरू गुमाएको बताएको छ । सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकरूपमा गहिरो संकटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–साम्प्रदायिक हिंसाले देशमा हजारौँको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।