Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

बुधबार, फागुन १०, २०७९

काठमाडौँ–  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने तय भएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।  

उनका अनुसार बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको गौतमले आज बिहान एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।  

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले पनि विधेयक पेस गर्ने कार्यसूची छ । उनले ‘सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

Untitled

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार