कस्तो छ नेता भण्डारीको स्वास्थ्य ?
काठमाडौँ– खाना पकाउने ग्यास चुवाहतपछि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक आइरहेको पाइएको छ ।
भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमै रहेका योगराज कँडेलले दिएको जानकारीअनुसार भण्डारीका पारामिटरहरू नर्मल रहेका छन् ।
‘अब चिन्ता गर्नुपर्ने कुनै विषय छैन । तर, घाउहरू निको हुन भने समय लाग्छ । सबै ठिक छ, आँखाहरू टाठा छन् साथै छिटो सञ्चो हुने आत्मवल देखिन्छ,’ चिकित्सकहरूसँगको परामर्शपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
डा. अमोल मात्रेसँगका अनुसार गएरातिदेखि एन्टीबायोटिक थप गरिएपश्चात् इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।
नेता भण्डारीका शरीरका पारामिटरहरू नर्मल रहेको र ज्वरो नभएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १०:०४
प्रतिक्रिया दिनुहोस्