Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनले राजनीति गर्माएका बेला राजदूत सङ बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । 

भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचन र उम्मेदवारीबारे चासो राखेको बताइएको छ । 

जबाफमा प्रचण्डले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमै राष्ट्रपति चयन हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्