Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचन सकिएपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । दुवै पदका लागि मतदान काठमाडौँमै हुने छ ।

राष्ट्रपति निर्वाचनका लागि आज बुधबार मतदाता नामावली बुधबार प्रकाशन गर्ने तयारी छ । दाबी, विरोध, उजुरीलगायतका लागि १० र ११ गते, निवेदन तथा उजुरीउपर छानबिनका लागि गर्ने  ११ र १२ गतेको समय तोकिएको छ । 

त्यस्तै, आयोगले १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने र १३ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।

त्यस्तै, १३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने, १४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, १५ गतेसम्म मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने कार्यतालिका छ । 

यस्तै १५ गते उम्मेदवारको नामावली प्रकाशित गरिने छ भने १६ गते उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिइएको छ ।

१६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ भने २५ गते मतदानको कार्यतालिका छ । 

यसैगरी, उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारको मनोनयन, २७ गते उम्मेदवारको विरोधमा उजुरी, २८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २८ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २८ गते दिउँसो उम्मेदवारले नाम फिर्ता लिने र २८ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ३ गते भने मतदान उपराष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्