राष्ट्रपतिबारे निर्णय लिन एकीकृत समाजवादीले सचिवालय बैठक बोलायो
काठमाडौँ– राष्ट्रपतिबारे निर्णय लिन एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गरेको अवस्थामा एकीकृत समाजवादीले निर्णय गर्न आजका लागि सचिवालय बैठक बोलाएको हो ।
पछिल्लो समय माओवादी केन्द्रले एमालेलाई राष्ट्रपति दिन अस्वीकार गरिहेको छ । यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । सचिवालय बैठकमा यसबारे पनि आज छलफल हुने बुझिएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदै छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ११:३८
प्रतिक्रिया दिनुहोस्