चन्द्र भण्डारीको स्वास्थ्य अपडेट : मुखबाटै खाना खुवाउन थालियो
काठमाडौँ– खाना पकाउने ग्यास चुवाहटपछि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीको अवस्था सुधारोन्मुख रहेको मुम्बईबाट माधव न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार भण्डारीले दोहोरो संवाद गरिरहेका छन् । बिहान १०ः५० बजेको अपडेटअनुसार भण्डारीले सबै कुराको जानकारी आफै लिइरहेका छन् ।
मुखबाटै खाना खुवाउन सुरु भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रूपमा अक्सिजन दिइएको बताइएको छ ।
हल्का इन्फेक्सनको उपचार भइरहेको र ज्वरो नआएको न्यौपानेले जनाएका छन् । उच्च इन्फेक्सन नहोस् भनेर उनीसँगको भेटघाटमा कडाइ गरिएको छ ।
अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको बताउँदै न्यौपानेले अनुहारमा सुन्निएको घटेको जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ ११:४९
प्रतिक्रिया दिनुहोस्