Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको उच्च प्रदर्शनबारे सन्दीप– मेरो देशको क्रिकेटले जितेको छ

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपालले उच्च प्रदर्शन गर्दै क्लिन स्विप नै गरेपछि पूर्वकप्तान सन्दीप लामिछानेले खुसी व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपालको क्रिकेटले जितेको प्रतिक्रिया दिएका छन् ।

‘मैले कति योगदान गर्न सकेँ थाहा छैन । तर मेरो देशले क्रिकेटले जितेको छ । यो साथ र मायाका लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ भन्दै सन्दीपले दर्शकलाई आफूले नमस्कार गरिरहेको तस्बिर फेसबुकमा राखेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएका नामिबिया र स्कटल्यान्डविरुद्धका चारवटै खेल नेपालले जितेको थियो । 

सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । 


 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्