नेभिगेशन
समाचार

सडक नबनेकोमा सांसदको आक्रोश

काठमाडौँ– नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण ढिलाइ भइरहेकामा आपत्ति जनाएका छन् । 

४ वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण सम्पन्न गर्न सरकारले चासो नदिएकामा उनको आक्रोश थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरे । 

उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडकखण्ड ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताए ।

सांसद गिरीले सरकारले सांसदहरूले संसद्को विशेष समय र शून्य समयमा उठाएका प्रश्नको उचित जबाफ हालसम्म नदिएको भन्दै दुःखेसोसमेत पोखे । 

सांसद गिरीले सरकारलाई संसद्प्रति जबाफदेही हुन पनि पटक–पटक आग्रह गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार