Nic Ad Nic Ad
Nic Ad Nic Ad

अहिलेको गठबन्धन अपवित्र छ : कमल थापा

बुधबार, फागुन १०, २०७९

बुटवल– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको वर्तमान शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले मुलुकको प्रणालीको पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका हुन् । 

थापाले निर्वाचन हुनुभन्दा अघिको गठबन्धनलाई जनताले म्यान्डेट दिएको भए पनि त्यो गठबन्धन चुनावलगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको आरोप लगाए ।

कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वाभाविक र अपवित्र भएको बताउँदै उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुईतर्फ विचार फर्केका दलहरू भएकाले यो गठबन्धन पनि अस्वाभाविक र अपवित्र नै रहेको जिकिर गरे ।

थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थअनुसारका काम गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकाले दलहरूबीचमा खिचातानी बढेको धारणा राखे ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताए ।

अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बीचमा आशंका र अविश्वासको खाडल रहेको जिकिर गरे ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्