Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘मन्त्री र सांसदले काठमाडौँमा घरजग्गा किन्न नपाउने कानुन बनाऔँ’

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकामा आपत्ति जनाउँदै उनले त्यसले ठुलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए । ८ वर्षदेखि सो सडकखण्डको निर्माणले पूर्णता नपाएकामा उनको आक्रोश थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार