बाजुरामा १ महिनाकाे अन्तरालमा पुनः भूकम्प
धनगढी- बाजुरा केन्द्र भएर भूकम्प गएकाे छ । आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
सोही स्थानमा १ महिनाअघि पनि ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । साे बेला १ जनाको मृत्यु भएको थियो ।
भूकम्पबाट भएकाे क्षतिकाे विवरण अहिलेसम्म आएको छैन ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १४:३४
प्रतिक्रिया दिनुहोस्