Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद चौधरीको निलम्बन फुकुवा

बुधबार, फागुन १०, २०७९

काठमाडाैँ- नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । 

आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए । जेल परेसँगै उनकाे सांसद पद निलम्बनमा परेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्