नेभिगेशन
सुरक्षा–अपराध

डिआइजी अशोक सिंहले दिए राजीनामा

काठमाडौँ– नेपाल प्रहरीका डिआइजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डिआइजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेका डिआइजी सिंहले बर्खास्तीमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिएका हुन् ।

राजीनामाअघि उनले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतसँग आफ्नो सम्मानजनक बिदाइका लागि छलफल गरेका थिए ।

२०४२ जेठ २२ मा जारी उनको नागरिकतामा उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।

सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको प्रतिस्पर्धामा थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध