Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ  :  राष्ट्रपति भण्डारी

बुधबार, फागुन १०, २०७९

बागलुङ– राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छिन् । 

पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताएकी हुन् ।

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ छ । 

‘सार्वजनिक रूपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, सम्बद्र्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।’

जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्