Nic Ad Nic Ad
Nic Ad Nic Ad

मायादेवी मन्दिरमा नयाँ गजुर राखियो

बुधबार, फागुन १०, २०७९

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । 

samridhi jewllers

सो मन्दिरको गजुर पुरानो र जीर्ण भएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ ।

सो कोषले दाताहरूको सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्यान्डका बुद्धमार्गी रतना मालिनोंगे र लर्टट्रथ आक्रापास पोङगले आर्थिक सहयोग गरेको कोषले जनाएको छ ।

दाता मालिनोंगे बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो ।

यसअघिको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी भइरहेका बेला थाइल्यान्डबाट सहयोग प्राप्त भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

उनका अनुसार स्वयम्भू स्तुपाको ढाँचामा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको थियो । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ ।

गजुरसँगै बुद्ध जन्म स्मारक (मार्कन स्टोन) को कभर स्थापनाका लागिसमेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुद्धिस्ट अभियानकर्मी राजा शाक्यका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख रुपैयाँ लागेको शाक्यले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्