Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिभिएसले अन्तर्राष्ट्रिय मार्क्यु राइड आयोजना गर्ने

बुधबार, फागुन १०, २०७९

काठमाडौँ- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालमा पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्ने भएको छ ।

फागुन ११ गते बिहीबार नेपाल, भारत र बंगलादेशका राइडरहरूको सहभागितामा अपाचे ओनर्स ग्रुप (एओजी)को मार्क्यु राइड हुने भएको हो ।

उक्त यात्रा २१ दिन लामो हुने जनाइएको छ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार पाँच सय किलोमिटर लामो हुने अनुमान गरिएको आयोजकको भनाइ छ । मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि समावेश रहेको जनाइएको छ ।

काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखापटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने जनाइएको छ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुने र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने उल्लेख छ । राइडका क्रममा भारतका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्ने कम्पनीले जनाएको छ ।

राइडका क्रममा मार्च ३ र ४ मा गोवामा हुने मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिबलमा विभिन्न बाइकिङ गतिविधिका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोसाक र प्रविधिहरूको प्रदर्शनी गरिने जनाइएको छ ।

मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरूले भाग लिनका लागि आवेदन दिन पाउने उल्लेख छ । कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरहरूले अनलाइन आवेदन दिएको जनाइएको छ । टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्सल राइड गरी २८ वटा राइड आयोजना गरिसकेको जनाएको छ ।

यी राइडहरू काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनर्स ग्रुप (एओजी) नामक फोरमको गठन गरेकामा छोटो अवधिमा नै देशभरमा सात सयभन्दा बढी सदस्य बनिसकेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्