Nic Ad Nic Ad
Nic Ad Nic Ad

विशाल बजारको सञ्चालक सदस्यमा राधा पोखरेल

बुधबार, फागुन १०, २०७९

काठमाडौं- सरकारले विशाल बजार कम्पनीको सञ्चालक समिति सदस्यमा सेयर लगानीकर्ता राधा पोखरेललाई नियुक्त गरेको छ ।

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले फागुन ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई सदस्यमा नियुक्त गरेका हुन् ।

सरकारले आफूलाई सो कम्पनीको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको पोखरेलले जानकारी दिइन् । उनी नेपाल क्यापिटल मार्केट इन्भेस्टर्स एसोसिएसनकी अध्यक्ष पनि हुन् ।

‘पदमा रहँदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका सञ्चालकले निर्वाह गर्नुपर्ने काम, कर्तव्य, आचरण र कानुनको अधीनमा रही कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठापूर्वक लागिरहनेछु, यस कम्पनीलाई मेरो कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउन प्रतिज्ञा गर्छु,’ पोखरेलले भनिन् ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्