Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम

बुधबार, फागुन १०, २०७९

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको हो ।

फागुन १ देखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीका लागि सो तालिम आयोजना गरिएको थियो ।

काठमाडौँ उपत्यकाबहिरका स्थान बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोडलगायत विभिन्न स्थानमा कम्पनीसँग आबद्ध अभिकर्ता तथा कर्मचारीहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएकोे थियो ।

कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले तालिम दिएका थिए । तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रिया के के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

साथै काठमाडौँ उपत्यकाबाहिरका स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले तालिम दिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्