Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीले समायो काठमाडौँ भ्यु टावरका ठेकेदार भेटवाललाई

बुधबार, फागुन १०, २०७९

काठमाडौँ- नेपाल प्रहरीले ‘काठमाडौँ भ्यु टावर’ निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । खातामा पर्याप्त रकम नभएको चेक काटेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका भेटवाल इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक हुन् । उनको कम्पनीले काठमाडौँको पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर निर्माण गरिरहेको छ । 

भेटवालविरुद्ध चेक बाउन्ससम्बन्धी उजुरी परेपछि पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्