Nic Ad Nic Ad
Nic Ad Nic Ad

जहाँ पशुपक्षीले जस्तै सन्तान बढाउनका लागि मात्र यौन सम्पर्क गरिन्छ !

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– यौन सम्पर्कका लागि मानव जाति अरूभन्दा फरक छन् । उनीहरूलाई शारीरिक सम्पर्क गर्नका लागि समय कुर्नुपर्दैन । 

अन्य जनावरले शारीरिक सम्पर्क बनाउन निश्चित समयावधि चाहिन्छ । उनीहरूले सन्तान वृद्धि गर्ने बेला मात्र शारीरिक सम्पर्क गरेको पाइन्छ । तर, मानव जाति भने सन्तान वृद्धि गर्नबाहेकको समयमा पनि शारीरिक सम्पर्क गरिरहेका हुन्छन् ।

तपाईँलाई लाग्न सक्छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर, संसारमा यस्तो समुदाय छ, जहाँ मानिसले पनि अन्य जनावरझैँ परिवार वृद्धि गर्ने बेला मात्र शारीरिक सम्पर्क गर्ने गर्छन् ।

यो पत्याउनुहुन्न होला । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका समाचारअनुसार आयरल्यान्डमा महिला पुरुषले सम्पर्क गर्नुलाई पाप मानिन्छ । यतिमात्र होइन, यहाँ अन्य धेरै रोमान्सका प्रकारहरूलाई पनि पापकै नजरले हेरिन्छ ।

आयरल्यान्ड संसारको सबैभन्दा सुन्दर देशमध्ये एक हो । यहाँका अधिकांश भाग टापु छन् । यी टापुमा विभिन्न जनजातिहरू बस्छन्, तिनीहरूका पनि फरक शैली र परम्परा छन् ।

हामी आयरल्यान्डको इनिस बेग टापुको कुरा गर्दै छौँ । यस टापुमा रहेर आयरिस भाषा बोल्ने जातिमा सेक्सलाई पाप मानिन्छ । यहाँ महिला र पुरुषले आफ्नो परिवार बढाउन चाहेमा मात्रै एकअर्कासँग सम्बन्ध स्थापित गर्न सक्छन् ।

अर्थात् यहाँ मानिसहरू सन्तान जन्माउनका लागि मात्रै शारीरिक सम्बन्ध बनाउँछन् । बच्चा जन्मेपछि फेरि सम्बन्ध राख्नु उचित ठान्दैनन् ।

Inishbeg-Estate-wdl-2014-9 (1)1677117977.png

उनीहरूको जीविकोपार्जन मुख्य स्रोत कृषि, पशुपालन र समुद्री माछा मार्ने हो । यी मानिसहरू आफ्नो परम्पराको सन्दर्भमा धेरै रूढीवादी छन् । जसका कारण इनिस बेग टापुमा बस्नेहरू शारीरिक सम्बन्धलाई ‘खराब’ मान्छन् ।

यहाँ विवाहित जोडीहरूले पनि शारीरिक सम्बन्ध बनाउँदा पूरै नग्न हुँदैनन् । यहाँ मानिसहरू अन्डरगार्मेन्ट लगाएर मात्रै शारीरिक सम्बन्ध बनाउँछन् । यहाँ अन्डरगार्मेन्ट हटाउनु उचित मानिएको छैन ।

विवाहअघि शारीरिक सम्बन्ध निषेध गरिएको छ, तर जब पति–पत्नीले यौन सम्बन्ध राख्छन्, पतिले सधैँ पहल गर्छन् । महिलाहरू प्रायः निष्क्रिय हुन्छन् ।

कुनै प्रकारको रोमान्स छैन, सम्भोगपछि पति अर्को ठाउँमा सुत्न जान्छन् । पुरुषहरू धेरै शारीरिक सम्बन्ध बनाएर महिला कमजोर हुनेमा विश्वास गर्छन् । यति हुँदाहुँदै पनि सन्तान नभएको परिवार छैन ।

हस्तमैथुन र चुम्बन पनि पाप

यस टापुमा हस्तमैथुन र चुम्बन पनि निषेधित छ । विवाहअघि रोमान्सको बारेमा सोच्न सकिँदैन । महिलासँगको शारीरिक सम्बन्ध उत्पीडन वा उत्पीडनजस्तै हो भन्ने समाजका मानिसहरूको विश्वास छ ।

खुला ठाउँमा शौच गर्नेलाई कडा सजायको व्यवस्था छ । सबै प्रकारका क्रियाकलापमा बालबालिकालाई लिंगका आधारमा अलग राखिन्छ । अर्थात्, त्यहाँ केही गतिविधि छन्, जुन केटाहरूले मात्र गर्न सक्छन् । केटीहरूलाई त्यसो गर्न अनुमति हुँदैन । धेरै गतिविधि केटीहरूले मात्र गर्न सक्छन् जुन केटाहरूलाई अनुमति छैन । 

यहाँका मानिस नुहाउँदैनन् किनभने तिनीहरू नांगो हुनुहुँदैन । हात, खुट्टा र अनुहार मात्र पानीले धुन्छन् । यी नियमहरू समुदायका मानिस आफैँले बनाएका हुन् र सबैले पालना गर्छन् । 

अमेरिकाका वैज्ञानिक जोन कोवान मेसेन्जरले यी मानिसहरूका बीचमा केही महिना बिताएका थिए । उनले ‘इनिस बेग : आइल अफ आयरल्यान्ड’ लगायत धेरै पुस्तक लेखे, जसमा यहाँको रीतिरिवाजको बारेमा लेखिएको छ ।
-एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०७:५३
प्रतिक्रिया दिनुहोस्