नेभिगेशन
सुरक्षा–अपराध

गोली लागेको अवस्थामा एक प्रहरी जवान मृत भेटिए

काठमाडौँ– सुर्खेतमा एकजना प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् । 

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा आज बिहान मृत भेटिएका हुन् ।

ती प्रहरी जवानले बिहान दाहिने साइडको कन्चटमा गोली लागेको छ । ड्युटी बसिरहेको समयमा एसएलआरबाट आफैँलाई गोली हानेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विक दार्चुलाको अपी नगरपालिका–६ का स्थायी वासिन्दा हुन् ।

दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामा रहेको भए पनि उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध