सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घट्यो
काठमाडौँ –सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ५०० सय रुपैउाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८५ रुपैया रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्