नेभिगेशन
समाज विविध

फागुन १ गते जनयुद्ध होइन, हिंसा दिवस हो : केपी ओली

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसका रूपमा मनाएकामा असन्तुष्टि व्यक्त गरेका छन् । 

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छाडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो रु भनी प्रश्नसमेत गरे । 

उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताउँदै भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ ।’

नेपाल हिंसाको पक्षमा हुन नसक्ने भन्दै ओलीले भने, ‘नेपाली जनतामा परस्परमा लड्ने, लडाउने कुरालाई स्वीकार गर्न हिजो पनि सकिँदैनथ्यो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध