Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट बैंकमा इजरायली आक्रमण : ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

बिहीबार, फागुन ११, २०७९

जेरुसेलम– इजरायली सेनाले वेस्टबैंकमा बुधबार गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।  इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।  

इजरायल डिफेन्स फोर्स (आइडिएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् ।  इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले  उल्लेख गरेको छ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आइडिएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ। इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए।

त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तीमा १०२ जना घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्