Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छैन : प्रचण्ड

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो ५ दलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका छन् ।

सिंहदरबारमा आज नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि प्रचण्डले सो कुरा बताएका हुन् । 

पुरानै गठबन्धन ब्युँतिएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन ।’

नेपालसँगको भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको जनाइएको छ ।

दलबीचको छलफल जारी रहेको र फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने जानकारी दिए ।

उनले भने, ‘अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।’

भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्