Nic Ad Nic Ad
Nic Ad Nic Ad

विभिन्न विकल्पमा छलफल भइरहेको छ : नेपाल

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति उम्मेदवाका विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटपछि नेपालले यस्तो बताएका हुन् । 

उनले भने, ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्योमध्ये देशलाई हित हुने विकल्प रोज्छौँ ।’

उक्त भेटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भुसाल सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्