युक्रेन युद्धको वार्षिर्कीअघि स्पेनका प्रधानमन्त्री किभमा
म्याड्रिड– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिनअघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार किभको यात्रा गरेका छन् ।
युक्रेनमा युद्ध सुरु भएको आज एक वर्ष पूरा हुँदैछ । यसैबीच, सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित ट्विट गरेका छन् ।
‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा लेखेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १४:०५
प्रतिक्रिया दिनुहोस्