Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन फेर्ने टुंगोमा पुगेका छैनौँ : नारायणकाजी

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेकपा माओवादीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरू गठबन्धन भत्काएर अर्को बनाउने तयारीमा नभएको बताएका छन् । 

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिनसकेको बताएका हुन् ।

‘राष्ट्रपति निर्वाचनबारे हामीले छलफल त सबै पार्टीसँग गरिरहेका छौँ,’ उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष कमरेडले सबैसँग छलफल गरिरहनु भएको छ । नेकपा एमालेका अध्यक्ष, कांग्रेस, एकीकृत समाजवादी, जसपा, नाउपा, जनमत, लोसपालगायत सबैसँग छफल गरेर निष्कर्षमा पुग्छौँ । अहिले गठबन्धन परिवर्तन गर्ने भनेर निष्कर्षमा पुगिसकेका छैनौँ । साँझ पनि छलफल गर्छौँ ।’

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्