बेलबारीमा प्रदेश प्रहरी अस्पताल सुरु
विराटनगर – मोरङको बेलबारी–३ मा प्रदेश १ प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शै्याको अस्पताल उद्घाटन गरिएको हो । महानिरीक्षक सिंहले प्रदेश१ मा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए ।
उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख ग।े ।
कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।
नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन् ।